रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आज पनि सुनुवाइ हुने

Nagarik Sewa 4381+ समाचार ( )
९ जेठ २०८२, बिहीबार

काठमाडौं। पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी दायर भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा मंगलबारदेखि सुरु भएको सुनुवाइ आज बिहीबार पनि हुने भएको छ । तर, बुधबार संवैधानिक इजलास भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ हुन सकेन ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले निवेदनमाथि सुनुवाइलाई निरन्तरता दिनेछ। आफ्नो पति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै निकिता पौडेलले सर्वोच्च अदालतमा निवेदन दिएकी थिइन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार