काठमाडौं। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २५ शुक्रनगरमा ४२ वर्षीय लिलाराज गिरीले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन्। घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ।

उनले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।