जनभावनाअनुरुपको नयाँ सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छुः प्रधानमन्त्री कार्की

Nagarik Sewa 4680+ समाचार ( )
२ पौष २०८२, बुधवार

काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको बताउनुभएको छ। ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले पछिल्लो समय मुलुकमा नयाँ राजनीतिक परिस्थिति बनेको उल्लेख गर्नुभयो। उहाँले स्वच्छ, निष्पक्ष र विश्वसनीय निर्वाचनमार्फत जनताको अभिमतअनुसार नयाँ सरकार गठन हुने विश्वास व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गते सम्पन्न जेन–जी युवाहरुको आन्दोलनपछि जनतामा परिवर्तनको चाहना स्पष्ट रुपमा देखिएको बताउनुहुँदै सुशासन र समयमै निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य एजेण्डा रहेको स्पष्ट पार्नुभयो। उहाँले आउँदो फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सरकार अहोरात्र खटिएर तयारीका कामलाई तीव्रता दिएको जानकारी दिनुभयो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार