काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र काठमाडौं का मेयर बालेन साहबीच मध्यरातमा भएको भेटवार्ता सकारात्मक भएको उनीहरु निकट नेताले बताएका छन् । भेटमा सहभागी असिम साहले भेट सौहार्दपूर्ण भएको र मिलेर जानुपर्छ भन्ने विषयमा छलफल भएको जानकारी दिए।
गएराति असिम साहको म्युजिक कम्पनी जी २१ को कार्यालयमा रवि र बालेनबिच भेटवार्ता भएको भएको थियो । भेटपछि उनीहरु एउटै गाडिमा बसेर निस्किका थिए । भेटमा भएका छलफलका विषय सार्वजनिक त भएका छैनन् तर यो भेटले एकताको सन्देश दिएको उनीहरु निकट नेताले बताएका छन् ।
भेटवार्ताको चाँजोपाँजो मिलाएका रास्वपा नेता असिम साहले फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ । रवि र बालेन दुई दाजु–भाइको मिलन भएको छ । यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो । हामी सबै नेपालीलाई बधाई ।’
सहकारीको रकम हिनामिनाको आरोपमा लामो समयको कारागार बसाइपछि गत शुक्रबार धरौटीमा रिहा भएका रविले विभिन्न राजनीतिक भेटवार्ता र पार्टी गतिविधि बाक्लो बनाएका छन् ।