गैँडाको आक्रमणमा परी १ जनाको मृत्यु

Nagarik Sewa 4680+ समाचार ( )
२२ पौष २०८२, मङ्गलबार

भरतपुर। चितवनमा गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५६ वर्षीय बाबुकाजी क्षेत्री रहेका छन्।

सोमबार अपराह्न चितवनको भरतपुर महानगरपालिका १२ स्थित रामबेल सामुदायिक वनको कालिमाटी घोल नजिक घाँसदाउरा काट्न गएका बेला सोही स्थानका क्षेत्रीलाई गैँडाले आक्रमण गरेको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार निजको घटनास्थलमै मृत्यु भएको हो।रासस

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै