कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

Nagarik Sewa 4431+ समाचार ( )
३१ जेठ २०८२, शुक्रबार

काठमाडौं। नेपाली कांग्रेसले असार १५ गते बस्ने गरी केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले असार १५ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिनुभयो। 

कांग्रेसको पछिल्लो केन्द्रीय कार्यसमिति बैठक ०८१ साउन २३ देखि भदौ १६ गतेसम्म चलेको थियो । यसबीचमा कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठकहरू भने बोलाउने गरेको थियो । तर, ती बैठकहरूमा प्रायः शोक प्रस्तावहरू पारित हुने गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै