मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

जग्गाहरूको सम्पूर्ण विववरण उपलब्ध गराउन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन

Nagarik Sewa 4670+ समाचार ( )
२३ श्रावण २०८२, बिहीबार

काठमाडौं। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरूको उपयोगको सम्पूर्ण विववरण उपलब्ध गराउन निर्देशन दिएको छ। बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै प्रतिनिधिसभा अन्तर्गतको समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो । 

हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए। उनले नियमविपरित अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारवाहीको सिफारिस गर्ने बताए । सभापति यादवले कोषको सम्पूर्ण मुद्दाको अवस्थाका बारेमा पनि जानकारी गराउन निर्देश दिए।

उनले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । कोषले उपलब्ध गराउने कागजात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उनको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार