काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले बढेको हो।
छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी १ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।