धर्मनिरपेक्षता र गणतन्त्रको पक्षमा उभिए जेन्जी नेता

Nagarik Sewa 4372+ समाचार ( )
१६ अशोज २०८२, बिहीबार

काठमाडौं ।  जेनजी नेताहरू गणतन्त्र, धर्मनिरपेक्षताको पक्षमा उभिएका छन् । उनीहरूले विज्ञप्ति निकालेर संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र पूर्ण समानूपातिक समावेशीता र अर्थपूर्ण सहभागीताको अवधारणालाई आफूहरूले स्वीकार गरेको बताएका छन् ।

आफूहरूले अहिलेको व्यवस्था भन्दापनि त्यसको नेतृत्वकर्तामा प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख छ ।उनीहरूले विज्ञप्तिमार्फत् भनेका छन्, ‘हाम्रो शंका राजनीतिक नेतृत्व, राजनीतिक इच्छाशक्ति, दलीय नैतिककता, कार्यप्रणाली र व्याप्त दलियाकरण र दलतन्त्रप्रति हो । यसर्थ, हामी वर्तमान राजनीतिकर्मीलाई खबरदारी पनि गर्न चाहन्छौं ।’

कतिपय नेताहरूले देश लुटेर भ्रष्टाचार गरी सम्पत्ति थुपारेको भन्दै उनीहरूले दलका तेस्रो पुस्तालाई नेतृत्वमाथि खबरदारी गर्न र लुटेको धन फिर्ताको पहल गर्न समेत आह्वान गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार