मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

नेपालको कतारमाथि ८ विकेटको सहज जित

Nagarik Sewa 4697+ समाचार ( )
२६ चैत्र २०८१, बुधवार

काठमाडौं। हङकङमा सुरु भएको चारदेशीय टी–२०आई श्रृङ्खलाको बुधबार बिहान भएको पहिलो खेलमा नेपालले कतारमाथि ८ विकेटको सहज जित हासिल गरेको छ । कतारले दिएको १५२ रनको लक्ष्य नेपालले मात्र २ विकेट गुमाएर १८ बल बाँकी छँदै १५४ रन बनाएर पूरा गर्यो ।

नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए र यस्तै कप्तान रोहित पौडेलले अविजित रहँदै ३७ रन जोडे। आरिफ शेखले ३३ तथा बसिर अहमदले अविजित ३० रन जोडे । नेपालले १६ रन अतिरिक्त पाएको थियो । कतारका मुजिब उर रहमानले सर्वाधिक २ विकेट लिए पनि त्यो टोलीको जितका लागि पर्याप्त भएन ।

यसअघि नेपालविरुद्ध टस हारेर ब्याटिङ गरेको कतारले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । कतारका मुहम्मद इक्रामुल्लाहले अर्धशतक प्रहार गरेका थिए । उनी ५४ बलमा ५४ रन बनाए ।नेपालका सोमपाल कामी, करण केसी, नन्दन यादव, ललित राजवंशी र गुल्सन झाले १–१ विकेट लिए ।

चारदेशीय श्रृङ्खलामा नेपाल, हङकङसहित कतार र कुवेत समावेश छन् । श्रृङ्खलामा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् । नेपालले पहिलो खेलमै विजयी भएर सुखद् सुरुवात गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार