मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

चिलिमे उद्धारमा स्काभेटर पुग्न २० मिटरजति बाँकी छ : घिसिङ

Nagarik Sewa 5112+ समाचार ( )
२६ भाद्र २०८३, शुक्रबार

काठमाडौं । २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा उद्धारको लागि शुक्रबार (भदौ २६) पनि प्रयास जारी छ । आयोजनाको पावर हाउसमा कार्यरत कर्मचारी फसेको आंशकामा उद्धारको कार्य जारी छ । 

आयोजनास्थलमा रहेका पूर्वमन्त्री कुलमान घिसिङका अनुसार, उद्धारको लागि स्काभेटर पुग्न अझै १५/२० मिटर बाँकी छ । “बिहान साढे ५ बजेदेखि नै उद्धार कार्य भइरहेको छ । उद्धारस्थलको भौगोलिक बनावट अप्ठ्यारो रहेको र खोलाको बाटो हुँदै क्याबिन तथा तारहरू लैजानुपर्ने भएकाले काम अलि जटिल बनेको छ,” उनले भने ।

पावर हाउसभित्र सुरक्षाकर्मीको टोलीद्वारा निरन्तर काम भइरहेको उनले बताए । “पावर हाउसभित्र सुरक्षाकर्मी (आर्मी) लगायतको टोलीद्वारा म्यानुअल्ली (हातैले) खन्ने काम निरन्तर भइरहेको भए पनि धेरै समय लाग्ने देखिएको छ । त्यसैले उद्धार कार्यलाई तीव्रता दिन बाहिरबाट एक्साभेटर ल्याउने प्रयास भइरहेको छ, जुन अब १५–२० मिटर मात्र टाढा छ र बेलुकासम्ममा पुग्ने अनुमान गरिएको छ,” उनले भने । 

घिसिङका अनुसार, यदि आजै एक्साभेटर र लोडर भित्र पुर्‍याउन सकियो भने एक्साभेटरले ठूलो प्वाल बनाएर बाटो सफा गर्दै लैजाने छ । मान्छे छिर्न सक्ने ठाउँसम्म बाटो बनाएपछि उद्धार कार्य निकै अगाडि बढ्ने र सम्भवतः एक–दुई दिनभित्रै उद्धार कार्य सम्पन्न (क्लियर) हुन सक्ने घिसिङ बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार