काठमाडौं। काठमाडौंबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको सेलेघाटमा तामाकोशी नदीमा खसेको छ। दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा मृत्यु भएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए। प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ।
रामेछापका प्रहरी नायब उपरीक्षक भट्टका अनुसार बस नदीमा डुबेकाले यात्रुको उद्धारमा कठिनाइ भइरहेको छ। उद्धार गरिएका केही घाइतेलाई उपचारका लागि नजिकको अस्पताल लगिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ।