रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन पेश गर्न आदेश

Nagarik Sewa 4392+ समाचार ( )
११ भाद्र २०८२, बुधवार

काठमाडौं। उच्च अदालत तुलसीपुर बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन पेश गर्न आदेश जारी गरेको छ । बुधबार न्यायाधीश सागर विष्टको एकल इजलासले अदालतमा दर्ता भएको मुद्दाको प्रारम्भिक आदेश, थुनछेक बहस, धरौटी वा थुनाको आदेश र पुनरावलोकनसम्मको सम्पूर्ण विवरण उच्च अदालतमा पेश गर्न आदेश दिएको हो । 

लामिछाने जिल्ला अदालत रुपन्देहीले उनलाई धरौटीमा छाड्न अस्वीकार गरेपछि उच्च अदालत पुगेका हुन् । उनको पत्नी निकिता पौडेलले उच्च अदालत बुटवलमा मुद्दाको पुनरावलोकनका लागि आवेदन दिएकी थिइन् । लामिछानेको जेलमा सुरक्षित नभएको दाबी गर्दै निकिताले यही ९ भदौमा पुनरावलोकन मागेकी हुन् ।

गत २६ साउनमा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले लामिछानेलाई धरौटीमा छाड्न अस्वीकृत गरेको थियो । यो मुद्दा बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणसँग सम्बन्धित छ । गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । लामिछाने हाल पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार