मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

वीपी राजमार्ग एक महिनासम्म राति १२ घण्टा बन्द

Nagarik Sewa 4518+ समाचार ( )
२ श्रावण २०८२, बिहीबार

काभ्रेपलान्चोक। वीपी राजमार्गअन्तर्गत काभ्रेपलान्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपाल थोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ । 

कार्यालयले सार्वजनिक अपिल गर्दै मनसुन सक्रिय रहेको अवस्थामा वीपी राजमार्गमा बाढी पहिरोको सम्भावित जोखिम रहेकाले विपद्जन्य घटना हुनसक्ने भएकाले जोखिम न्यूनीकरणका लागि राजमार्गको उल्लेखित क्षेत्रमा आजदेखि साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको हो । काठमाडौँबाट जाने सवारीलाई जिल्लाको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको सिमाना नेपालथोकमै रोकिने प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।

उनका अनुसार मनसुनजन्य विपदबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै यसअघि काभ्रेपलान्चोक, सिन्धुली र रामेछाप जिल्लाको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले गत असार ७ गतेदेखि वीपी राजमार्गमा साँझ ६ः ३० बजेदेखि बिहान ५ बजेसम्म करिब दश घण्टा १५ दिन तथा थप असार मसान्तसम्म सोही समयमा सडक सञ्चालनमा रोक लगाइएको थियो । यस अवधिमा काठमाडौँबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौँतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिएको थियो । 

बितेका एक हप्ताको समयमा बाढी पहिरोले करिब चार पटक उक्त राजमार्गअन्तर्गत काभ्रेपलान्चोक–खण्डमा सडक अवरुद्ध भइसकेको छ । गतसाल असोजको बाढी पहिरोले वीपी राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको आठ किलोमिटर सडक खण्डमा सडक नै बगाएका कारण खोलामा कतै एकतर्फ, कतै दुईतर्फी यातायात सञ्चालन हुनेगरी अस्थायी सडक सञ्चालनमा ल्याइएको छ । 

बाढी पहिरोले राजमार्गको कुल १६० किमिमध्ये तेस्रो खण्डअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि नेपाल थोकसम्म ३४ किमी र चौँथोखण्ड नेपालथोकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुर्‍याएको थियो । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा समेत अघि बढाइरहेको छ । पूर्वी नेपाल जोड्ने छोटो दुरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छ । रासस

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार