मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

शेयर बजारमा गिरावट

Nagarik Sewa 4382+ समाचार ( )
३० आश्विन २०८२, सोमबार

काठमाडौं ।  आजको गिरावटपछि नेप्से २७२५ मा कायम भएको छ । मौद्रिक नीतिअघि नै बजार केही अंक बढेकाले सोमबार नाफा बुक भएको पाइन्छ । १२ असारमा बजार २५९५ अंकसम्म झरेको थियो । सोमबार कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ४१ करोडको कारोबार भएकोमा आज ८ अर्ब १७ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९८ को घट्यो । हाइड्रोपावरबाहेक सबै समूहका सूचक घटेका छन् । हाइड्रोपावर ०.१५ प्रतिशत बढ्यो बैंकिङ सबैभन्दा धेरै २.४६ प्रतिशत घट्यो ।

त्यस्तै विकास बैंक १.४८, फाइनान्स १.१३, होटल तथा पर्यटन ०.२५, लगानी १.२५, जीवन बीमा १.३६, उत्पादन तथा प्रशोधन ०.७८, माइक्रोफाइनान्स १.२३, निर्जीवन बीमा १.०५, अन्य १.२५ तथा व्यापार ०.६४ प्रतिशत घटे ।

माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ५.९० प्रतिशत बढ्यो । हिमालयन हाइड्रोपावरको ४.४८, जोशी हाइड्रोपावरको ४.४३ तथा सिनर्जी पावरको ४.१२ प्रतिशत मूल्य बढ्यो । सामुदायिक लघुवित्तको ४.४६, धौलागिरि लघुवित्तको ४.३४, लक्ष्मी सनराइज बैंकको ३.८६, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३.८० तथा सिटिजन्स बैंकको ३.७४ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा एनआरएन इन्फ्रास्ट्रक्चर, बुटवल पावर, सानिमा बैंक, एनआईसी एसिया बैंक र साहस ऊर्जा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार