मुख्य समाचार
बिहारको अशोकधाम मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा सातजनाको मृत्यु | मोरङ कारागारभित्र प्रहरीको सर्च अपरेसन | आईजीपी कार्कीको बचाउ गर्दै गृहमन्त्रीले भने– 'हामी न्यायाधीश नबनौँ' | कर्मचारीको विदेश भ्रमणमा कडाइ | नेपाली क्रिकेट टोलीले भारतमा अभ्यास गर्ने | अमेरिकासँग युद्ध लड्न सक्ने इरानको चेतावनी | शेरबहादुर देउवाको भाग्य राम्रो छ, हाम्रो सभापति उहाँ नै हो: शशांक कोइराला | राप्रपाका पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ दर्ता | ७१ प्रतिशत मतसहित गगनलाई सभापति बनाउँछौँ : विश्वप्रकाश शर्मा | यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व संकलन |

परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव

Nagarik Sewa 4722+ समाचार ( )
२९ असार २०८३, सोमबार

काठमाडाैं । आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव परिवारले बुझेको छ। उनको अन्त्येष्टिका लागि अहिले पशुपति आर्यघाटमा तयारी भइरहेको प्रहरीले जनाएको छ।काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार परिवारले शव बुझेपछि अन्तिम संस्कारको प्रक्रिया अघि बढाइएको हो।

यसअघि गणेश नेपालीका परिवारले घटनाको निष्पक्ष छानबिनको माग गर्दै ज्यानसम्बन्धी महलअन्तर्गत प्रहरी वृत्त कालिमाटीमा जाहेरी दर्ता गराएका छन्। जाहेरी दर्ता गरी घटनाको अनुसन्धान औपचारिक रूपमा सुरु गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार हालसम्मको जाहेरीमा कसैलाई पनि प्रतिवादीका रूपमा किटान गरिएको छैन। अनुसन्धानबाट प्राप्त प्रमाण र तथ्यका आधारमा आवश्यक व्यक्तिको पहिचान गरी कानुनी प्रक्रिया अगाडि बढाइने एसपी भट्टराईले बताए।

घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीका विभिन्न टोली परिचालन गरिएको जनाइएको छ। प्रहरीले घटनासँग सम्बन्धित सबै पक्षको अनुसन्धान भइरहेको र प्रमाणका आधारमा थप प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार