काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेताहरूलाई भ्रमणको वातावरण नबनाए चुनाव कसरी हुन्छ? भन्दै प्रश्न गर्नुभएको छ। बुधबार एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई बारामा हुने कार्यक्रममा जान जेनजी युवाहरूले अवरोध गरेपछि सरकारले लगाएको कर्फ्युको विरोध गर्दै महामन्त्री शर्माले सामाजिक सञ्जालमा लेख्नुभएको हो।
‘सिमरा घटना दुःखद, प्रधानमन्त्रीज्युलाई ध्यानाकर्षण, एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ?’ शर्माले फेसबुकमा लेख्नुभएको छ। शर्माले एमाले चुनावको विपक्षमा उभिएको भएपछि चुनावमा आउन आग्रह गर्नुपर्ने उल्लेख गर्नुभएको छ। आवेगका अभिव्यक्ति दिएमा संयम हुन आग्रह गर्नुपर्ने भएपनि आफ्ना कुरा राख्न हुने भ्रमण संविधान प्रदत्त अधिकार भएकाले रोक्न नमिल्ने शर्माले बताउनुभएको छ।
सिमरा घटना जेनजीको भाजना नभइ त्यसको दुरुपयोग भएको शर्माको भनाइ छ । ‘सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने कसैको भ्रमण अधिकारविरुद्ध उभिन सक्दैनन् । अतः सिमरा घटना जेनजीको भावना होइन, त्यसको दुरुपयोग हो । निषेधको राजनीति कसैले नगरौँ,’ शर्माले लेख्नुभएको छ।