तोलामा ३ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4175+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

काठमाडौं।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा बिहीबार सुनको मूल्य आज ३ सयले घटेको छ। बुधबार ९ सयले बढेको सुनको मूल्य आज ३ सयले घटेको हो। आज सुन प्रतितोला १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। 

बुधबार सुन प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबारको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले घटेर प्रतितोला १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार