मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मधेस प्रदेश सरकारबाट बाहिरियो एमाले

Nagarik Sewa 5112+ समाचार ( )
३० अशोज २०८३, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । एमालेबाट मन्त्री रहेकाहरूले शुक्रबार मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामापत्र बुझाएका हुन् ।एमालेका मन्त्रीहरूले प्रदेशप्रमुख डा. सुरेन्द्र लाभलाई समेत प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

मधेस सरकारबाट एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकास मन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा दिएका हुन् । मधेस प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । गठबन्धनमा नेपाली कम्युनिस्ट पार्टी समेत रहेको छ ।

सरकार गठन गर्ने बेलामा १५ बुँदे सहमति भएको र सहमतिअनुसार मुख्यमन्त्रीले काम नगरेको र चालु आर्थिक वर्षमा पनि बजेटमा पनि नेपाली कांग्रेसले मनोमानी ढंगले योजना राख्दा सहमति कायम रहन नसकेको एमालेका मधेस प्रदेश प्रमुख सचेतक हरिनारायण महतोले बताए ।

नयाँ सरकार कसरी बन्ने भन्नेबारेमा थप छलफल गरी अघि बढ्ने उनको भनाइ छ । ३० दिनभित्र विश्वासको मत प्राप्त गर्न नसके कुनै एक दलसँग सहकार्य गरेर सरकार बनाउने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै