काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । मंगलबार तोलामा १ लाख ५० हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार मात्र १०० रुपैयाँ बढेर १ लाख ५० हजार ४ सय रुपैयाँ पुगेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ८ सय ४५ रुपैयाँ कायम भएको चाँदी बुधबार बढेर तोलामा १ हजार ८ सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।