यी हुन् तामाकोशीमा बस खस्दा ज्यान गुमाउने र घाइते हुनेहरू

Nagarik Sewa 4392+ समाचार ( )
२८ माघ २०८२, मङ्गलबार

काठमाडौं । मंगलबार तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । रामेछापको मन्थली नगरपालिका-६ स्थित बेनीघाट पुलनजिक तामाकोशी नदीमा बस खस्दा १२ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । 

काठमाडौंबाट मन्थली-खुर्कोट पुष्पलाल सडक हुँदै रामेछापको सिरिसेढाँडे भएर ओखलढुङ्गा जाँदै गरेको बा.प्र ००१-०५ ख ९९७५ नम्बरको यात्रुबस बिहान १०:४० बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनाको घटनास्थलमै मृत्यु भएको रापेछापका प्रहरी प्रमुख  भोला कुमार भट्टले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार