मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

एफए कप : क्वार्टरफाइनलमा साउथह्याम्पटन विजयी

Nagarik Sewa 4519+ समाचार ( )
२२ चैत्र २०८२, आइतबार

काठमाडौं । इंग्लिस क्लब साउथह्याम्पटनसँग २–१ ले पराजित भएपछि आर्सनल एफए कपबाट बाहिरिएको छ ।  शनिबार आर्सनल एफए कपको क्वार्टरफाइनलमा साउथह्याम्टनसँग २–१ ले पराजित भएको हो । साउथह्यम्पटनलाई घरेलु मैदान सेन्ट मेरिज रंगशालामा जित दिलाउन रोस स्टेवर्ट र शिआ चाल्र्सले समान एक गोल गरे । आर्सनलका भिक्टोर ग्योकेरेसले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । 

साउथह्याम्पटनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।  खेलको २७औँ मिनेटमा स्टेवर्टले साउथह्याम्पटनलाई अग्रता दिलाए । तर, यो अग्रता साथह्याम्टनले दोस्रो हाफको मध्याह्नमा गुमायो । ६८औँ मिनेटमा आर्सनलका ग्योकेरेजले गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए । 

यसपछि, ८५औँ मिनेटमा चाल्र्सले गोल गरेपछि, घरेलु टोलीले क्वार्टरफाइनलको टिकट काटेको हो । जितसँगै साउथह्याम्पटन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार