जनार्दन शर्माद्वारा प्रगतिशील अभियान, नेपाल नामक राजनीतिक अभियान घोषणा

Nagarik Sewa 4431+ समाचार ( )
१९ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। नेकपा माओवादी केन्द्रका पूर्वउपमहासचिव, जनार्दन शर्मा, पूर्वसचिव राम कार्की, पूर्वस्थायी समिति सदस्य अञ्जना विशुंखेलगायतले पार्टी परित्याग गर्दै नयाँ अभियान सुरु गरेका छन्। नेकपा एकीकृत समाजवादी लगायतका आठ दलसँग एकताको निर्णयमा पुगेको माओवादी केन्द्र विभाजित भएको हो।

मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै शर्माले प्रगतिशील अभियान, नेपाल नामको राजनीतिक अभियान घोषणा गरे। पार्टीको मूल नेतृत्वसँग लामो समयदेखि संघर्ष गर्दै आएका शर्माले माओवादीको नेतृत्वमा भएको दश वर्षे संघर्षदेखि पछिल्लो जेनजी आन्दोलनले उठाएका माग र भावनाविपरीत पार्टी र नेतृत्व अघि बढेकाले एकता प्रक्रियाबाट बाहिरिएको बताए।

उनले विगतको नेतृत्वका खराब आचरण र क्रियाकलापमा आफूहरूले पनि सघाएको आत्मालोचना गर्दै अब सच्चिएर अघि बढ्न अभियान थालेको दावी गरे। ‘विगतका हाम्रा कमजोरीलाई स्वीकार गर्दै नयाँ अभियानका साथ हामी अघि बढ्छौँ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘विखण्डित वाम र प्रगतिशील शक्तिहरूलाई एकीकृत समाजवादी आन्दोलनको दिशामा अघि बढाउने वैचारिक र राजनीतिक प्रयास सुरु भएको छ।’

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार