मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सेयर बजारमा गिरावट

Nagarik Sewa 5112+ समाचार ( )
१ भाद्र २०८२, आइतबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ । सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ र फ्लोट सूचक पनि झरेका छन् ।

बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ७३ करोडको भयो । ५८ कम्पनीको मूल्य बढ्दा १९१ को घटेको छ । कम्पनी सूचीकृत सबै समूहका सूचक घटेका छन् । व्यापार सबैभन्दा धेरै १.६४ प्रतिशत घट्यो । अन्य १.३४, निर्जीवन बीमा ०.६८, माइक्रोफाइनान्स १.३१, उत्पादन तथा प्रशोधन १.००, जीवन बीमा ०.७१, लगानी ०.८३, हाइड्रोपावर ०.७७, होटल तथा पर्यटन ०.२१, फाइनान्स ०.९३, विकास बैंक ०.५१ तथा बैंकिङ १.०३ प्रतिशत घटे ।

अपर स्याङ्गे हाइड्रोपावरको ६.२९, कालिका पावरको ५.९६, अपर हेवाखोलाको ५.७६, मनकामना इन्जिनियरिङको ४.७०, नेपाल रिपब्लिक मिडियाको ४.०१ प्रतिशत मूल्य बढ्यो । सम्पदा लघुवित्तको ७.०६, ट्रेड टावरको ५.८८, ग्रिन डेभलपमेन्ट बैंकको ४.७९, एनआईसी एसिया बैंकको ४.६५, सान्भी इनर्जीको ४.४२, महिला लघुवित्तको ४.२९ तथा स्वेतगंगा हाइड्रोपावरको ४.०१ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिपब्लिक मिडिया, एनआरएन इन्फ्रास्ट्रक्चर र शिवम् सिमेन्ट क्रमशः अगाडि रहे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार