नेकपा एस बुटवल अध्यक्षमा गुरुङ निर्वाचित

Nagarik Sewa 4431+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

बुटवल। नेकपा एकीकृत समाजवादी बुटवल उपमहानगरपालिकाको अध्यक्षमा चीनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित हुनुभएको छ। पालिका अधिवेशनबाट गुरुङ दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो। 

अधिवेशनबाट उपाध्यक्षमा इन्द्र राई, सचिवमा भीम बहादुर क्षेत्री, उपसचिवद्वयमा शेरजंग गुरुङ (ईश्वर) र शिवकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचितहरुलाई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शुभकामना दिँदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गर्नुभएको छ। उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको  उपस्थिति थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार