मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ललितपुर हत्या अनुसन्धानमा संलग्न प्रहरी पुरस्कृत

Nagarik Sewa 5112+ समाचार ( )
१५ पौष २०८२, मङ्गलबार

काठमाडौं। ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको २ जनाको हत्या अनुसन्धानमा संलग्न २ जना डीएसपीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ। पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ।

अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनलाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) प्रवीण धितालले बताए । उनले भने, ‘हाम्रो कार्यालयबाट ३ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट ४ जनालाई पुरस्कृत गरिएको छ।’

अभिलेखमा जनिने गरी पुरस्कृत हुनेमा प्रहरी नायव निरीक्षक (सई) राम लामा र हवल्दार हस्त बहादुर साउद लगायत छन्। उनीहरूले ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित ज्यामिरकोट जंगलमा हत्या गरिएका केशवराज हायु र पारुहाङ राईको हत्यामा संलग्नहरूको पहिचान गरेर पक्राउ गरेका थिए ।

महालक्ष्मी नगरपालिकाको शेराफाँट स्थित फार्म हाउसको इनारामा केशवराज हायु र भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा फालेको अवस्थामा पारुहाङ राईको शव भेटिएको थियो । हत्यामा संलग्न आरोपमा प्रहरीले सिन्धुलीको सुनकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय देवराज ढुंगेल र २० वर्षीय जयराम अधिकारीलाई पक्राउ गरेको थियो ।

आरोपीहरूले मङ्सिर २४ मा हायुको र मङ्सिर २५ मा राईको हत्या गरेको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपी देवराजले केशवराजसँग १२ लाख र पारुहाङसँग ५ लाख सापटी लिएका थिए । करिब ४ महिनाअघि लिएको सापटी नतिर्न देवराजले योजना बनाएर जयरामको सहयोगमा हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार