चाडपर्व नजिकिएसँगै प्रहरीले सार्वजनिक गर्यो सुरक्षा योजना

Nagarik Sewa 4918+ समाचार ( )
१६ अशोज २०८३, शुक्रबार

काठमाडौं । चाडपर्व नजिकिएसँगै काठमाडौं प्रहरीले सुरक्षायोजना सार्वजनिक गरेको छ । चाडपर्वमा हुनसक्ने अवाच्छित गतिविधि नियन्त्रणका लागि प्रहरीले सुरक्षा योजना ल्याएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंले शुक्रबार पत्रकार सम्मेलन मार्फत दसैँ–तिहारलक्षित प्रहरीको निगरानी गर्ने गरी टोलीसमेत परिचालन गरिने परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार, चाडपर्वको समयमा चोरी, डकैती र आपराधिक क्रियाकलाप रोक्न प्रहरीले ३ हजार ५०६ जना परिचालन हुने जनाएको छ । लामो दूरीका सवारीसाधनको चेकिङ, मापसे (मादक पदार्थ सेवन) चेकिङमा कडाइ, र सम्भावित दुर्घटना न्यूनीकरणका लागि राजमार्गहरूमासमेत निगरानी हुने प्रहरीले जनाएको छ ।

प्रहरीले उपत्यको सुरक्षाका लागि तालिमप्राप्त कुकुरसहितको टोली परिचालन हुने जनाइएको छ । प्रहरीले दैनिक ७० जना सादा पोसाकका प्रहरी, १५२ जना क्वीक रेस्पान्स टोली तथा ९० स्थानमा २४ घण्टा नै प्रहरी परिचालन गरिने जनाएको छ । प्रहरीले चाडपर्वको नाममा अनावस्यक तडकभडन नगर्नसमेत आग्रह गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार