काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले वालेन्द्र शाह नेतृत्वको सरकार नढाल्न रास्वपालाई आग्रह गरेका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सत्ता पाँच वर्ष टिके मात्रै जनताले भने जस्तो हुने बताए । “सत्ता पाँच वर्ष टिकाउन सक्नुभयो भने जनताले आशा गरेको जस्तो हुनेछ,” उनले भने ।
सरकारले प्रतिपक्षीलाई सम्हालेर हिँड्न सक्नुपर्ने उनले बताए । आागमी सदनमा प्रतिपक्षीले राखेका माग पूरा हुने विश्वास उनले व्यक्त गरे । “तीन महिनापछि हाम्रो भेट होस् । तपाईंले आफ्नो सरकार नढाल्नुहोला,” उनले शुभकामना दिँदै भने ।
उनले विगतमा दलहरूले पाएको बहुमत टिक्न नसकेको स्मरण गराए ।