काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार ११.०६ अंक घटेर नेप्से परिसूचक २६२९ अंकमा कायम भएको छ । ८६ कम्पनीको मूल्य बढ्दा १६२ को घट्यो । बजार घटे पनि कारोबार रकम बढेको छ । बिहीबार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको भयो ।
बजारमा अधिकांश सेक्टर घट्दा पनि हाइड्रोपावर भने १.२२ प्रतिशत बढ्यो । धेरै मूल्य बढेका ५ कम्पनीमा सबै हाइड्रोपावर परे । धेरै कारोबार भएका ५ कम्पनीमा पनि सबै हाइड्रोपावर परे । कुल कारोबारमा आधाभन्दा बढी रकमको कारोबार हाइड्रोपावर सेक्टरमा मात्रै भएको छ । यो सेक्टरको कारोबार रकम ५ अर्ब ३७ करोड छ ।