बेलायत पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ

Nagarik Sewa 4889+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। बेलायत पठाइदिने भन्दै ११ करोड बढि रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। उनीहरुले हाल सम्म ३८ जना पीडितहरुबाट युकेका विभिन्न शहरमा पठाइदिने भन्दै ११ करोड ६ लाख ९७ हजार रुपैयाँ ठगी गरेको आरोप छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–१० घर भई हाल काठमाडौं महानगरपालिका–६ सरस्वती नगर बस्ने ४४ बर्षीया लक्ष्मण पराजुली र धनुषा सबेला नगरपालिका–१२ घर भई हाल काठमाडौं महानगर–३२ नरेफाँट बस्ने ४७ बर्षीया अरुण राज शर्मा रहेका छन् । ठगीको उजुरीका आधारमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँमा पठाइदिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ । उनीहरु दुवै जना आईतबार पक्राउ परेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार