मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारकाे निर्णयप्रति कांग्रेसकाे पनि विराेध

Nagarik Sewa 4518+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जना पदाधिकारीहरूको सरकारले राहदानी रोक्का गरेकाेप्रति विरोध जनाएको छ ।

कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे विरोध जनाउनुभएकाे हाे । उहाँले दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएकाे छ।

सरकारले गत भदौ २३ र २४ गतेको घटनाको सम्बन्धमा सरकारबाट गठित जाँचबुझ आयोगबाट राहदानी रोक्का र अनुमति नलिइ काठमाडौं उपत्यकाबाहिर जान नमिल्ने गरी सिफारिस गरेकाे थियाे । याेसँगै नेकपा एमाले र कांग्रेसले राहदानी रोक्काकाे विषयलाई लिएर विराेध जनाएका छन् ।

तर नेकपा माओवादी केन्द्रसहितका दलले भने यसकाे बारेमा कुनै प्रतिकृया दिएका छैनन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार