मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सुदूरपश्चिम प्रदेश सरकारले बाजुराका आगलागी पीडितलाई ४० लाख रुपैयाँ आर्थिक सहायता दिने

Nagarik Sewa 5112+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

धनगढी। बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भएको भीषण आगलागीबाट पीडित व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ। जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई बाम्का बजारमा आगलागी भएको हो । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकामार्फत पीडितलाई राहत स्वरुप यो रकम उपलब्ध गराउने निर्णय गरेको हो।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित व्यवसायी र परिवारहरूलाई तत्काल सहयोग पुर्‍याउन ४० लाख रुपैयाँ प्रदान गरिने र प्राप्त विवरणअनुसार थप निर्णय लिइने जानकारी दिए। नगरपालिकाले पीडितको विवरण सङ्कलन गरी मापदण्ड तय गरेर राहत वितरण गर्ने छ।

आगलागीमा ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै