आज नागपञ्चमी पर्व

Nagarik Sewa 4190+ समाचार ( )
१४ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा घरका मूलढोकामा नागको चित्र टाँस्ने र नाग दहहरुमा पुगेर पूजा गर्ने चलन छ । 

यसरी नागको पूजा गर्दा घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ । यही विश्वासका साथ काठमाडौंको नागपोखरी, टौदह लगायतका स्थानमा दूध चढाउने र पूजा गर्नेहरुको भिडभाड छ ।

नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्नुहुँदैन भन्ने मान्यता छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै