मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

चार वर्षपछि एमालेमा फर्किए रामकुमारी र किसान श्रेष्ठ

Nagarik Sewa 4382+ समाचार ( )
२५ कार्तिक २०८२, सोमबार

काठमाडौं । रामकुमारी झाँक्रीसहितका नेता चार वर्षपछि नेकपा (एमाले) फर्किएका छन् । सोमबार (कात्तिक २४) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका केन्द्रीय सदस्यहरू एमाले फर्किएका हुन् । 

एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पार्टीको झन्डा दिए । श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिए । एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् । 

०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजनका लागि निर्वाचन आयोग निवेदन दिइएको थियो । झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य भाइरल बनेको थियो । एकीकृत समाजवादीमा लामै समयदेखि झाँक्रीसहितका नेता असन्तुष्ट थिए । बीचमा नै एमाले फर्कने चर्चा भएको थियो । तर, पार्टी नै अस्तित्वमा नरहने भएपछि उनीहरू एमाले फर्किएका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार