तोलामा १९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। मंगलबार सुनको मूल्य तोलामा १९ सयले बढेर २ लाख १७ हजार १०० रुपैयाँ पुगेको हो।

सोमबार सुनको मूल्य तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो। यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च भएको बताइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै