आज भूमिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेश हुने

Nagarik Sewa 4387+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार प्रतिनिधिसभामा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट बिहीबार फरक मतसहित पारित भएको  ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस हुने भएको छ । 

दिउँसो १ बजेका लागि बोलाइएको बैठकको सम्भावित कार्यसूचीमा समिति सभापति कुसुमदेवी थापाले विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने उल्लेख छ । समितिले प्रतिवेदन पारित गर्ने बेलामा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फरक मत राखेका छन् । 

आज विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस भए पनि छलफल हुने सम्भावना छैन । सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सभामुख देवराज घिमिरेबाट अन्यथा आदेश भएमा बाहेक आज पेस हुने भूमिसम्बन्धी विधेयकमा छलफल नहुने जानकारी दिए । ‘बिहीबार नै लामो गलफतीपछि फरक मतसहित पारित भएको विद्यालय शिक्षा विधेयक २०८० सम्बन्धी प्रतिवेदन भने समितिबाट सङ्घीय संसद् सचिवालयमा आई नपुगेको गिरीले जानकारी दिए । प्रतिवेदन सभाको बैठक अगावै सचिवालयमा पेस भएमा सभामा पेस गर्न भने समस्या नहुने गिरीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार