तोलामा ६ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4218+ समाचार ( )
२१ कार्तिक २०८२, बिहीबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार ८ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिनको तुलनामा यो मूल्य ६ सय रुपैयाँ बढी हो । 

अघिल्लो दिन २ लाख ३७ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २९९० रुपैयाँ रहेको चाँदी यस दिन ३०१० रुपैयाँ पुगेको छ । असोज ३१ गते चाँदीको भाउ हालसम्मकै उच्च ३३५० रुपैयाँ पुगेको रेकर्ड छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार