काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ। बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज १ हजारले बढ्दै १ लाख ९९ हजार ४ सय कायम भएको हो।
यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासङ्घले जनाएको छ ।