मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

त्रिविद्वारा ८ संकायका डीन नियुक्त

Nagarik Sewa 4875+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं। त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायका डीन नियुक्त गरेको छ । त्रिवि कार्यकारी परिषदको बैठकले ८ वटा संकायका डीन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। 

त्रिवि प्रवक्ता एमन सिंह बोहराका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डीनमा प्रा. डा. द्विविनन्द ढकाल नियुक्त हुनुभएको छ। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डीनमा प्राडा मोहनराज शर्मा, त्यस्तै कृषि र पशुविज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायको डीनमा प्राडा बेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानको डीनमा डाक्टर ठाकुर सिलवाल, व्यवस्थापन संकायको डीनमा प्राडा महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानको डीनमा सुशिल बहादुर ब्रर्जाचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनमा प्राडा शंकर खनाल नियुक्त हुनुभएको हो।

त्यस्तै योजना निर्देशनालयका निर्देशकमा डाक्टर लंक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डाक्टर राजेन्द्र कुँवर र व्यवहारिक विद्दान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्राडा मिनाराज भण्डारी नियुक्त भएको प्रवक्ता बोहराले बताउनुभयो ।

त्रिविले मेरिटोक्रेसीका आधारमा छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको प्रवक्ता बोहराले बताउनुभयो। त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डीन नियुक्त गर्न निर्देशन दिनुभएको थियो । भागबण्डा नमिलेपछि त्रिविले डीन नियुक्त गर्न सकेको थिएन।  चौतर्फी विरोध सुरु भएपछि त्रिवि कार्यकारी परिषद्ले सिफारिमा परेका तीन जनामध्ये १÷१ जनालाई नियुक्त गरिएको प्रवक्ता बोहराले बताउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार