'असद भागेर पुटिनतिर गए, तर पुटिन भागेर कहाँ जान्छन् ?'
'असद भागेर पुटिनतिर गए, तर पुटिन भागेर कहाँ जान्छन् ?'

Nagarik Sewa 4154+ समाचार ( )
२६ मंगशिर २०८१, बुधवार

कीएभ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले "बहादुर" असद (बशर अल-असद) पुटिनकहाँ भागेको, तर पुटिन चाहिँ भागेर कहाँ जान्छन् ? भन्दै प्रश्न गरेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, 'यस वर्षको मानव अधिकार दिवसमा सिरियाली जेल र यातना शिविरबाट बाहिरिएका तस्बिरहरू हृदयविदारक छन् ।'

उनले भने- त्यो असद भागेपछि खोलिएको थियो। त्यहाँ धेरै वर्षदेखि मानिसहरूलाई अपमानित गरिएको थियो।

यसमा पुरुष र महिलाहरू पर्छन्। उनीहरूलाई कुटपिट, यातना र बलात्कार गरियो। हजारौँ मानिसहरू यस हिंसाबाट पीडित भए। 

जेलेन्स्कीले असदको सरकार दशकौँदेखि हिंसामा निर्भर रहेको बताए। उनले भने- पुटिन समर्थित शासन यस्तो देखिन्छ।

हामीले हाम्रो क्षेत्रमा रुसी आक्रमणकारीहरूले कब्जा गरेको प्रत्येक ठाउँमा यस्तै जेल र यातना शिविरहरू देखेका छौँ।

जेलेन्स्कीले पुटिन जस्तो तानाशाह विना असद जस्तो तानाशाह बाँच्न नसक्ने बताए ।

उनले पुटिनले असदको हारको बदला लिने प्रयास गर्ने पनि दाबी गरे। त्यसका लागि यस्ता व्यवस्थाको सामना गर्न एकता र बल आवश्यक रहेको उनले बताए ।

युक्रेन र रुसबिच सन् २०२२ को फेब्रुअरीदेखि युद्ध चलिरहेको छ । यसैबिच विद्रोही समूहले सिरिया कब्जा गरेपछि असद देश छोडेर भागेका छन् । रुसले उनलाई शरण दिएको छ ।
बीबीसी


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार