मुख्य समाचार
निर्वाचन सफल बनाउनु साझा काम र ऐतिहासिक दायित्व भएको राष्ट्रपति पौडेलको भनाई | दुबईको ‘ट्रान्जिट’मा १०८ नेपाली | हजयात्रामा गएका ३६ नेपाली साउदी अरबमा रोकिए | 'मौन अवधि'मा हुन सक्ने गतिविधिमा आयोगको निगरानी | सर्लाहीमा मतदान अधिकृतको निधन | रौतहट–१ मा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जित सुनिश्चित | सिन्धुपाल्चोक- २ मा विकासप्रेमी नेता युवराज दुलालको जित सुनिश्चित | रास्वपा सुर्खेतका कार्यवाहक सभापति र संस्थापक महामन्त्री कांग्रेस प्रवेश | अमेरिकी-इजरायली आक्रमणमा सर्वोच्च नेता खामेनेई मारिए | मध्यपूर्वी क्षेत्रमा तनाव उत्पन्न हुँदा नेपालका १८ वटा फ्लाइट रद्द |

थापाथलीका सुकुम्बासीले जोगाए प्रहरी बिट

Nagarik Sewa 4136+ समाचार ( )
३० भाद्र २०८२, सोमबार

काठमाडौं । हालै चलेको ‘जेनजी’ आन्दोलनका क्रममा देशभरका प्रहरी कार्यालय र बिटहरू तोडफोड तथा आगजनीको चपेटामा परिरहेका बेला थापाथलीका सुकुम्बासी बस्तीका बासिन्दाहरूले भने एउटा प्रशंसनीय काम गरेका छन्। उनीहरूले आफ्नो बस्तीभित्र रहेको प्रहरी बिटलाई अराजक समूहको आक्रमणबाट जोगाएर सुरक्षित राखेका हुन्।आज बस्तीका अगुवाहरूले औपचारिक कार्यक्रम आयोजना गरी बिटको सरसामानसहित चाबी प्रहरीलाई फिर्ता गरेका छन्। बस्तीका अगुवाहरू मीनकुमार मगर, गोपाल पौडेल, दल मर्दन कामी लगायतले सिंहदरबार प्रहरी वृत्तका प्रमुख डीएसपी जनार्दन घिमिरे र थापाथली प्रहरी बिटका प्रमुख हवल्दार बलबहादुर सुनारलाई खादा र सम्मानसहित स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै अगुवा दल मर्दन कामीले यस घटनाले जनताले चाहेमा राज्यको सम्पत्ति र संरचना जोगाउन सकिन्छ भन्ने सन्देश दिएको बताए। उनले भने, ‘व्यक्तिले गरेको गल्तीमा राज्य वा समुदायको सम्पत्ति ध्वस्त गर्नु मूर्खता हो, यसलाई जोगाउने जिम्मेवारी आम नागरिकको हो।’ यता, हवल्दार बलबहादुर सुनारले बस्तीका बासिन्दाहरूको सहयोगले प्रहरी मात्र नभई राज्यको सम्पूर्ण संरचनालाई नै बल मिलेको भन्दै आभार प्रकट गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार