गडबडी छानबिन समितिद्वारा संसद्का महासचिव पाण्डेसँग सोधपुछ

Nagarik Sewa 4238+ समाचार ( )
७ श्रावण २०८२, मङ्गलबार

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा भएको गठबडीबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयसँग सोधपुछ गरेको छ । सिंहदरवारस्थित समितिको सभाकक्षमै पाण्डेसँग सोधपुछ भएको हो ।

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारी कर्मचारीका लागि अवकाश पाएको वा राजीनामा दिएको २ वर्षसम्म संवैधानिक, कुटनतिक र अन्य नियुक्ति लिन अयोग्य हुने विषयमा सहमति जुटाएको थियो । यसअनुसार निजामती सेवा विधेयकमा प्रावधान राखिएको छ ।

तर, २ वर्षसम्म कुलिङ पिरियड लागू हुने प्रावधानलाई निश्कृय बनाउने भाषा समेत विधेयकको प्रतिवेदनमा सँगै परेको भनेर प्रश्न उठेपछि संसदीय विशेष छानबिन समिति बनेको हो । नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा गठित समितिले संघीय संसद सचिवालयका महासचिव पाण्डेयसँग समेत सोधपुछ गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार