मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

राष्ट्रिय साइबर सुरक्षा केन्द्रका कर्मचारीहरूका लागि एडभाइजरी जारी

Nagarik Sewa 4382+ समाचार ( )
१३ माघ २०८१, आइतबार

काठमाडौं। सञ्चार मन्त्रालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले कर्मचारीहरूका लागि साइबर सुरक्षासम्बन्धी ८ पन्ने एडभाइजरी जारी गरेको छ। वेबसाइटहरू ह्याक हुने तथा डाटा चोरी हुने जस्ता समस्याबाट बच्ने उद्देश्यका साथ केन्द्रले एडभाइजरी जारी गरेको हो । 

सरकारी साइटहरुको सुरक्षा प्रणाली कमजोर रहेको भनेर आलोचना हुँदै आएको बेला केन्द्रले यस्तो एडभाइजरी जारी गरेको हो ।

एडभाइजरीअनुसार सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, स्टोरेज तथा नेटवर्ककको सुरक्षाका सम्बन्धमा २१ बुँदे निर्देशन दिइएको छ । जसमा डाटाको नियमित रुपमा ब्याकअप राख्ने, अर्काइभ गर्नका साथै बिजनेस कम्युनिटी प्लान तयार गरेर लागू गर्ने, जेन्युन लाइसेन्स भएका हार्डवेयर तथा सफ्टवेयरको प्रयोग गर्ने, पासवर्ड बलियो राख्ने र तीन–तीन महिनामा परिवर्तन गर्ने, सोर्स कोड अद्यावधिक गरेर सुरक्षित राख्ने, इमेललगायतका सूचना प्रविधि प्रणालीहरुमा मल्टी फ्याक्टर अथेन्टिकेसनको प्रयोगलाई प्रोत्साहन गर्ने जस्ता विषय रहेका छन् । 

यस्तै एडभाइजरीमा सामाजिक सञ्जाल चलाउँदा सावधानी अपनाउने तथा मोबाइल सुरक्षा सम्बन्धमा संवेदनशील छलफलमा सहभागी हुँदा मोबाइल बन्द गर्ने वा सुरक्षित स्थानमा बाहिर राख्ने जस्ता विषय समेत समेटिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार