भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

Nagarik Sewa 4557+ समाचार ( )
२२ माघ २०८२, बुधवार

काठमाडौं। आज बिहान बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–४ का ३२ वर्षीय निर्वाचन प्रहरी प्रकाश चन्दको मृत्यु भएको हो। सुन्दरखाली मैदानमा सञ्चालित तालिम सकेर घरतर्फ गइरहेका बेला खरकटे सल्लेरी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख दीपककुमार रायले जानकारी दिएका छन्।

चन्दको मृत्युले निर्वाचन तयारीमा संलग्न सुरक्षाकर्मी र घरपरिवारमा शोक छाएको छ। यस्तो दुर्घटना हुन सक्ने भएकाले थप सतर्कता अपनाउन सुरक्षा निकायले बताएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार