अमेरिकाद्वारा लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न युक्रेनलाई अनुमति

Nagarik Sewa 4281+ समाचार ( )
३ मंगशिर २०८१, सोमबार

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पद छाड्नुभन्दा अगाडि युक्रेनलाई लामो दुरीको मिसाइल उपयोग गरी रुसमा आक्रमण गर्न अनुमति दिएका छन् ।

रुसले आइतबार युक्रेनको राजधानी किभमा हालसम्मकै भयानक हवाई हमला गरेपछि बाइडेनले युक्रेनलाई पनि लामो दुरीको मिसाइल प्रयोग गर्न अनुमति दिएका हुन् । मिसाइलको आपूर्ति अमेरिकाले नै गरेको थियो । आइतबार रुसले युक्रेनमा ६० भन्दा बढी मिसाइल र एक सयभन्दा बढी ड्रोन प्रहार गरेको थियो ।

हमला बढेपछि स्थानीयले ज्यान जोगाउन बंकरको सहारा लिएका थिए । रुस र युक्रेनबीचको युद्ध ३३ महिनादेखि जारी छ । यसबीचमा हजारौंको ज्यान गएको छ भने लाखौं घरबारविहीन भएका छन् । यी दुई देशबीचको टकरावका बीच अमेरिकाले ठूलो निर्णय लिएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले १९ जनवरी २०२४ देखि कार्यकाल पूरा गर्नुअघि युक्रेनलाई रुसमाथि हमला गर्न लामो दुरीका मिसाइलको प्रयोग गर्न अनुमति दिएका हुन् ।

रुस र युक्रेनबीच युद्ध सुरु भएपछि बाइडेन प्रशासनले लिएको यो निर्णयलाई चासोका साथ हेरिएको छ । यससँगै युक्रेनमा रुसले अझै घातक आक्रमण गर्नसक्ने अनुमान छ । 

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार