मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

स्वास्थ्य बीमाको नयाँ दररेट लागू गर्न नसक्ने भन्दै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम स्थगित

Nagarik Sewa 4881+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गत भदौदेखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमले पठाएको नयाँ दररेट लागू गर्न नसक्ने भन्दै अस्पतालले बीमामार्फत सेवा दिन छोडेको हो ।

अस्पताल प्रशासनका अनुसार गत पाँच महिनादेखि स्वास्थ्य बीमाबाट हुने गरेको भर्ना, शल्यक्रियालगायतका सेवा पूर्ण रूपमा ठप्प छन्। त्रिवि शिक्षण अस्पतालमा ०७७ मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको थियो ।

‘स्वास्थ्य बीमा बोर्डले गत भदौबाट प्याकेजको व्यवस्था लागू गरेको थियो। प्याकेजको दर नमिलेका कारण अस्पतालमा सेवा दिन सकिएको छैन,’ अस्पतालका निमित्त निर्देशक डा। घनश्याम गुरुङले भने, ‘भर्ना गरेर राखेका बिरामीले स्वास्थ्य बीमामार्फत सेवा पाएका छैनन् ।’

बीमा बोर्डले यही १ भदौदेखि बीमामार्फतको सेवालाई परिमार्जित गरेर नयाँ दर कार्यान्वयन गरेको थियो । परिमार्जित दर रेटमा ओपीडी टिकट ५० रुपैयाँ तोकिएको छ । जनरल बेड चार्ज प्रतिदिन २५० राखिएको छ । सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ । स्वास्थ्य बीमामा एक हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ ।

बोर्डले शल्यक्रिया ९अप्रेसन० गरेको ‘प्याकेज’ आधारित भएर सोधभर्ना गर्ने गरेको छ । तर, अस्पतालले थप खर्चको भार बोग्नुपर्ने अवस्था आएपछि कार्यक्रम नै स्थगित गर्नुपरेको हो। हाल त्रिवि शिक्षण अस्पतालमा रिफर भएर दैनिक सयौंको संख्यामा बिरामीले स्वास्थ्य उपचार गराउने गरेका छन् । तर, अस्पतालले स्वास्थ्य बीमा सेवा बन्द गर्दा हजारौं संख्याका बिमितहरू सेवाबाट बञ्चित भइरहेका छन् । अहिले न्यून रकममा हुने आकस्मिक र ओपीडी शुल्क मात्रै बीमामार्फत हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै