तोलामा १३ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4164+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं। स्थानीय बजारमा सुनको मूल्य तोलामा १३ सय रुपैयाँ बढेर हालम्मकै उच्च विन्दु २ लाख २३ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदी बुधबार प्रतितोला दुई हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ६८० रुपैयाँमा कारोबार भएको थियो । एकै दिन चाँदी २० रुपैयाँ बढेको छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार