मुख्य समाचार
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने | आज नेप्सेमा दोहोरो अंकको गिरावट | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर | प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता | भारतका तीन ब्याटरले जिताए दक्षिण अफ्रिका विरूद्धको सिरिज | कमल थापा भन्छन्, 'पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले नै सर्वोच्चको आदेश मानेन' | धनकुटाको अलैंचीलाई धरानमा कर | सुनको मूल्यमा गिरावट |

गणतन्त्र सिंहदरबारमा बस्नेहरु बाटै खतरामा छ : सांसद श्रेष्ठ

Nagarik Sewa 3621+ समाचार ( )
२७ पौष २०८१, शनिबार

सिन्धुली । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् ।

सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी÷समानुपातिकता रहेको भन्दै कुनै एक पिल्लर ढलेमा गणतन्त्ररुपी घर पुरै ढल्ने बताए । उनले आफुलाई मन परेको पिल्लर मात्र ठाडो राख्न लागेमा संघीय लोकतान्त्रिक गणतन्त्र ठाडो रहन नसक्ने बताए ।

सांसद श्रेष्ठले संघीयता बिरोधीहरूले दाबी गरेजस्तो आर्थिक रूपमा संघीयता सेतो हात्ती नभएको जिकिर गरे । उनले संघीयता आउनु अघि राज्यको केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका र गाबिस÷पालिका गरी ६ वटा निकाय रहेको उल्लेख गर्दै आज संघ, प्रदेश र स्थानीय गरी जम्मा ३ तहमात्रै रहेको बताए । विगतमा झन्डै ४ हजार गाबिस र ३६ हजार वडा रहेकोमा आज ७५३ पालिका र ६,७४३ मात्रै वडा रहेको उनले उल्लेख गरे । विगतमा जनप्रतिनिधिको संख्या झन्डै २ लाख रहेपनि आज भने राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको संख्या झन्डै ३८ हजार मात्र रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले संघीयता आर्थिक रुपमा बोझ नभएको स्पष्ट पारे ।

उनले धर्मनिरपेक्षताको अर्थ नागरिकको धार्मिक स्वतन्त्रताको उच्च सम्मान हो भन्दै राज्यको धर्म नहुने तर  नागरिकको आ–आफ्नो व्यक्तिगत आस्थाको आधारमा धर्म हुने बताएका बताए ।

सांसद श्रेष्ठले नेपालजस्तो १४२ जातजाति र १२४ मातृभाषी भएको एक सुन्दर इन्द्रधनुषी राष्ट्रिय राज्यमा समावेशी/समानुपातिकता अनिवार्य रूपमा आवश्यक भएको पनि बताए । उनले विगतमा नश्लीय राज्यले जबर्जस्ती पछाडि पारिएका जाति, क्षेत्र, समुदाय र लिंगलाई केही समय समावेशी÷समानुपातिक सिद्धान्तको आधारमा अवसर दिनुपर्नेमा जोड दिए । उनले नेपाललाई समानतामा आधारित समाजभन्दा पनि समतामूलक समाजमा आधारित नेपाल बनाउन खोजेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै