मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

गणतन्त्र सिंहदरबारमा बस्नेहरु बाटै खतरामा छ : सांसद श्रेष्ठ

Nagarik Sewa 4382+ समाचार ( )
२७ पौष २०८१, शनिबार

सिन्धुली । बागमती प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गंगानारायण श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्र सिंहदरबारमा बस्नेहरूबाट नै खतरामा रहेको बताएका छन् ।

सांसद श्रेष्ठले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीको सातौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन उद्घाटन गर्दै सिंहदरबारमा बस्नेहरुबाट नै संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा रहेको बताएका हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको चार पिल्लरको रुपमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी÷समानुपातिकता रहेको भन्दै कुनै एक पिल्लर ढलेमा गणतन्त्ररुपी घर पुरै ढल्ने बताए । उनले आफुलाई मन परेको पिल्लर मात्र ठाडो राख्न लागेमा संघीय लोकतान्त्रिक गणतन्त्र ठाडो रहन नसक्ने बताए ।

सांसद श्रेष्ठले संघीयता बिरोधीहरूले दाबी गरेजस्तो आर्थिक रूपमा संघीयता सेतो हात्ती नभएको जिकिर गरे । उनले संघीयता आउनु अघि राज्यको केन्द्र, विकास क्षेत्र, अञ्चल, जिल्ला, इलाका र गाबिस÷पालिका गरी ६ वटा निकाय रहेको उल्लेख गर्दै आज संघ, प्रदेश र स्थानीय गरी जम्मा ३ तहमात्रै रहेको बताए । विगतमा झन्डै ४ हजार गाबिस र ३६ हजार वडा रहेकोमा आज ७५३ पालिका र ६,७४३ मात्रै वडा रहेको उनले उल्लेख गरे । विगतमा जनप्रतिनिधिको संख्या झन्डै २ लाख रहेपनि आज भने राष्ट्रपतिदेखि सबै जनप्रतिनिधिको संख्या झन्डै ३८ हजार मात्र रहेको उल्लेख गर्दै सांसद श्रेष्ठले संघीयता आर्थिक रुपमा बोझ नभएको स्पष्ट पारे ।

उनले धर्मनिरपेक्षताको अर्थ नागरिकको धार्मिक स्वतन्त्रताको उच्च सम्मान हो भन्दै राज्यको धर्म नहुने तर  नागरिकको आ–आफ्नो व्यक्तिगत आस्थाको आधारमा धर्म हुने बताएका बताए ।

सांसद श्रेष्ठले नेपालजस्तो १४२ जातजाति र १२४ मातृभाषी भएको एक सुन्दर इन्द्रधनुषी राष्ट्रिय राज्यमा समावेशी/समानुपातिकता अनिवार्य रूपमा आवश्यक भएको पनि बताए । उनले विगतमा नश्लीय राज्यले जबर्जस्ती पछाडि पारिएका जाति, क्षेत्र, समुदाय र लिंगलाई केही समय समावेशी÷समानुपातिक सिद्धान्तको आधारमा अवसर दिनुपर्नेमा जोड दिए । उनले नेपाललाई समानतामा आधारित समाजभन्दा पनि समतामूलक समाजमा आधारित नेपाल बनाउन खोजेको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै