मुख्य समाचार
एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा हुँदै | आज साफ महिला क्लब च्याम्पियनसिपमा दुई खेल हुँदै | गभर्नर विश्व पौडेलको घरमा आगजनी गर्ने समूहको खोजी जारी | रूस-युक्रेन युद्ध रोक्न जेलेन्स्कीसँग दुई घन्टा फोनमा कुराकानी | ६ महिने छोराको घाँटी रेटेर हत्या गरेको आरोपमा असई पक्राउ | थाइल्यान्डले सुरु गर्यो कम्बोडियामाथि हवाई आक्रमण | सुनको मूल्यमा सामान्य वृद्धि | पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने |

दोहोरी साँझमा झगडा गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङ पक्राउ

Nagarik Sewa 3628+ समाचार ( )
१६ श्रावण २०८२, बिहीबार

काठमाडौं ।  काठमाडौंको ठमेलको दोहोरी साँझमा झगडा  गरेको आरोपमा प्रहरीले सानुभाइ भनिने युवराज गुरूङलाई पक्राउ गरेको छ। गएराति ठमेलको नगरकोट दोहोरी साँझबाट उनीसहित केही व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले जानकारी दिए।

‘दोहोरी साँझमा झैझगडा गरेको भनेर कन्ट्रोलमा खबर आएको थियो। हुलमुलमा नियन्त्रणमा लिँदा उनी पनि रहेको देखियो। अहिले अरूको स्क्रिनिङ भइरहेको छ,’ उनले भने। अहिले उनी पक्राउ परे पनि मुद्दा चल्ने/नचल्नेबारे यकिन भइसकेको छैन।सानुभाइविरूद्ध पुराना कुनै मुद्दा बाँकी रहे/नरहेको बारेमा पनि हेरिने उनले बताए।

नुवाकोट घर भएका सानुभाइ यसअघि पनि पटकपटक कुटपिटका घटनामा पक्राउ परेका थिए।  २०८० माघ ६ गते पनि ठमेलको एक क्लबको पार्किङमा एक पुरूषमाथि उनको समूहले कुटपिट गरेको थियो। उनी त्यतिबेला फरार भएका थिए।

त्यही साल असारमा पनि कुटपिटकै घटनामा पक्राउ परेका थिए। पछि उनी धरौटी बुझाएर छुटेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै