मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

एडुकेसन कन्सल्टेन्सीहरुलाई शिक्षा मन्त्रालयद्वारा आठ बूँदे निर्देशन जारी

Nagarik Sewa 4382+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं । उच्च शिक्षाका लागि भन्दै विदेश जाने नेपाली विद्यार्थीहरु विदेशमा समस्यामा पर्ने क्रम बढेपछि सरकारले एडुकेसन कन्सल्टेन्सी, विद्यार्थीहरु र अभिभावकहरुलाई सचेत गराएको छ । शिक्षा मन्त्रालयले एडुकेसन कन्सल्टेन्सीहरुलाई आठ बूँदे निर्देशन जारी गरेको हो भने विद्यार्थी र अभिभावकलाई चार बूँदे सूचना जारी गरेको हो ।

कन्सल्टेन्सीहरुलाई फ्रि–भिसा, रोजगारीको ग्यारेन्टी, डिपेन्डेन्ट भिसा उपलब्ध हुने जस्ता प्रलोभन विद्यार्थीहरुलाई नदिन सचेत गराइएको छ । यस्तै विदेश पढ्न जाने विद्यार्थीहरुले लिने नो अब्जेक्सन सर्टिफिकेटमा कन्सल्टेन्सीको नाम अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने पनि निर्देशन दिइएको छ ।

अभिलेखमा नरहेका विश्वविद्यालय तथा शिक्षण संस्थाहरूमा अभिलेखीकरणसम्बन्धी प्रक्रिया पूरा नगरी विद्यार्थीलाई अध्ययनका लागि सिफारिस नगर्न तथा अनुमति नलिई शैक्षिक मेला, भेला तथा शैक्षिक प्रदर्शनी नगर्न पनि सचेत गराइएको छ ।

मन्त्रालयका उपसचिव सेमन्तराज कोइरालाले जारी गरेको सूचनामा अभिभावक र विद्यार्थीहरुका लागि चार बूँदे सुझाव जारी गरिएको छ । विदेश पढ्न जाने प्रक्रिया शुरु गर्दा शिक्षा मन्त्रालयबाट अनुमति लिएका कन्सल्टेन्सीबाट मात्रै गर्न, कन्सल्टेन्सीहरुसंग सवै विषय प्रष्ट खुलाएर सम्झौता गर्न, पढ्न जाने विश्वविद्यालय र त्यसको समकक्षताको विषयमा प्रष्ट हुन र सम्झौताको एक प्रति आफूसंग सुरक्षित राख्न सूचित गरिएको छ ।

कानुन सम्मत नरहेका र मन्त्रालयबाट सेवा प्रदानको अनुमति नलिएका एडुकेसन कन्सल्टेन्सीहरुमाथि कारबाही गर्न मन्त्रालयले प्रहरी र स्थानीय प्रशासनलाई पनि निर्देशन दिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार